आफन्तको विवाहमा सशस्त्रका एसपीले लगे हतियार र गाडी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

आफन्तको विवाहमा सशस्त्रका एसपीले लगे हतियार र गाडी

gadi-sarkari

काठमाडौं, ११ फागुन । धनगढी – सशस्त्र प्रहरीका एसपीले आफन्तको विवाहमा स्कर्टिङसहित गाडी प्रयोग गरेका छन् । सरकारी सम्पत्ति निजी काममा प्रयोग गर्न नपाइने व्यवस्थाका उल्लघंन गर्दै एसपी प्रदीप पालले हतियार सहित सशस्त्र प्रहरी जवान पछाडि राखेर आफन्तको विवाहमा गाडी प्रयोग गरेका हुन् ।

ना १ झ १४९७ नम्बरको साइरनसहित सशस्त्र प्रहरीको स्कोरपियो पिकअप गाडी धनगढीको चौराहदेखि ओम प्यालेससम्म नाचिरहेका जन्तीको पछिपछि हिँडेको देखेपछि पत्रकारको नजरमा परेको थियो ।

पिकअप गाडीको पछाडि दुई जना जवान हतियारसहित एसपीका बालबच्चा र आफन्त जन्ती जाने गरी सजिएका देखेपछि पत्रकारले गाडीको पिछा गरेका थिए ।

काठमाडौं गोल्डेन्सको क्रिकेट टिमले डिपिएल बहिष्कार गरेपछि आयोजित पत्रकार सम्मेलनमा गइरहेको पत्रकारको टोलीले देखेपछि उक्त गाडी विवाहको लस्कर छाडेर ओम प्यालेसतिर हुइँकिएको थियो । यो समाचार अन्नपूर्णमा लेखेकोका छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);