भारतीय पक्षले बनाएको ड्यामले १३ सय घरधुरी डुबानमा पर्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

भारतीय पक्षले बनाएको ड्यामले १३ सय घरधुरी डुबानमा पर्ने

bharat dyam

काठमाडौं, ११ फागुन । कैलाली – सीमा नजिकै भारतीय पक्षले एकतर्फी रुपमा ड्याम निर्माण गर्न थालेको छ । भारतीय पक्षले सन्धि सम्झौता विपरीत सीमामा आफू खुसी ड्याम निर्माण गर्न थालेपछि यस क्षेत्रको बस्ती डुबानको उच्च जोखिममा परेको छ । भारतीय पक्षले कैलारी गाउँपालिकाको ३, ५ र ७ वडाको सीमामा ड्याम निर्माण गर्न थालेको हो ।

वर्षातमा डुबानमा परि रहने यो बस्ती नजिकै भारतीय पक्षले ड्याम निर्माण गर्दा झनै जोखिममा परेको कैलारी ३ का वडाध्यक्ष कैलाश चौधरीले बताए । उनले भने, ‘अब वर्षातमा करिब १३ सय घरधुरी डु्बानमा पने निश्चित छ ।’ अग्लो ठाउँमा पानी निकास हुने स्थानमै १२ फिट अग्लो माटोको ड्याम निर्माण गर्न थालिएको छ बस्ती डुबानको उच्च जोखिममा परेको उनले बताए । यो समाचार नागरिक दैनिकमा लेखेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);