मलेसियामा नेपाली नेपालीबीच हानाहान, एक जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

भदौ ८ २०८३, मंगलबार

मलेसिया, १७ मंसिर । मलेसियाको काम्पुङ आचेमा एक नेपालीको मृत्यु भएको छ। शुक्रबार राति ग्रिन प्रोस्पेक्ट होस्टेलमा नेपाली-नेपालीबीच झगडा हुँदा ३० वर्षीय पुरुषको मृत्यु भएको त्याहाँस्थिगत नेपालीले बताएका छन्।

शुक्रबार राति झगडा हुँदा होस्टेलको तेस्रो तलाबाट उनलाई तल फालिएको र सेरी मान्जुङ अस्पतालमा शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको स्थानीय मलेशियाको प्रहरीले बतायो। तीन तला माथिबाट धकेलेर खसाल्ने व्यक्ति पनि नेपाली नै रहेको तर उनी अहिले फरार छन्। शवलाई मलेशियाकै राजा परमाइसुरी बाइनुन अस्पतालमा राखिएको छ।