पुस १० पतिले छाडेपछि आर्थिकरुपमा आत्मनिर्भर भएर छोरीलाई उच्च शिक्षा पढाउने सपना बोकेर इराक पुगेकी ३४ वर्षीया शान्ता राई अपाङ्ग भएर फर्केकी छिन् । मुस्किलले ज्यान बचाएकी शान्ताको उपचार गत आइतबारदेखि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा भइरहेको छ ।




