कुवेत गएकी महिलाको साउदीमा मृत्यु | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

कुवेत गएकी महिलाको साउदीमा मृत्यु

mahila ko mirtu

काठमाडौं, १५ माघ । सरकारको श्रम स्वीकृतिमा सफाइ कामदार क्लिनरका रुपमा कुवेत गएकी रोल्पा, रातामाटा ४ पाखापानीकी ३३ बर्षीया चिन्ताकुमारी खत्रीको साउदी अरबमा मृत्यु भएको छ ।खत्रीलाई दलालमार्फत कुवेत हुँदै साउदी अरब लगिएको थियो । उनको शव राजधानी रियादबाट झन्डै हजार किलोमिटर टाढा वादी अलदवासस्थित सरकारी अस्पतालमा राखिएको छ ।

त्यस क्षेत्रमा कार्यरत एकराज कठायत, रामचन्द्र मैनाली र याम मगरले शवबारे नेपाली दूतावासलाई जानकारी दिएपछि खत्रीको अवस्था बाहिर आएको हो ।नेपाली दूतावासका उपनियोग प्रमुख आनन्दराज शर्माले अस्पतालसँग मृतक चिन्ताकुमारीको साहु स्पोन्सरको नाम, मेडिकल रिपोर्ट र मृतक प्रमाणपत्र लिइसकिएको बताए ।

अस्पतालले उच्च ज्वरो भएको अवस्थामा खत्रीलाई उपचारका लागि ल्याएको जनाएको छ । अस्पतालको आईसीयूमा उपचार थालेको आधा घण्टामा खत्रीको मृत्यु भएको शर्माले बताए ।चिन्ताकुमारीलाई कुवेतबाट साउदी ल्याउने स्पोन्सर साहु भने कुवेत फर्किसकेका छन् ।आजको कान्तिपुरमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);