सिरहा, १४ मंसिर। सिरहा क्षेत्र नं. २ माओवादी केन्द्रका उम्मेदवार सुरेशचन्द्र दास यादवको घरमा शक्तिशाली बम विष्फोट भएको छ।
भारतसँग सीमा जोडिएको औरही गाउँपालिका ५ स्थित घरको पछाडिपट्टि करेसाबारीको पर्खालमा बम विष्फोट भएको प्रहरीले जानकारी दिएको छ। विस्फोटका कारण पर्खालमा क्षति पुगेको र मानवीय क्षति नपुगेको प्रहरीले बताएको छ।
घटनास्थलमा प्रेसरकुकर बम र रिमोट भेटिएको र घटनाको अनुसन्धान गरिरहेको जनाइएको छ ।