मोसुलको विमानस्थल नियन्त्रणमा लिन इराकी सेना सफल | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

मोसुलको विमानस्थल नियन्त्रणमा लिन इराकी सेना सफल

१३ फाल्गुन काठमाडौं । इराकी सेना मोसुल शहरको एक विमानस्थल आफ्नो नियन्त्रणमा लिन सफल भएको छ ।

मोसुलको विमानस्थल नियन्त्रणमा लिन इराकी सेना सफल

१३ फाल्गुन काठमाडौं । इराकी सेना मोसुल शहरको एक विमानस्थल आफ्नो नियन्त्रणमा लिन सफल भएको छ ।

यसलाई इराकको दोस्रो ठूलो शहरलाई इस्लामिक स्टेटको कब्जाबाट छुटाउने इराकी सेनाको अभियानमा महत्वपूर्ण सफलता हात परेको विश्लेषण गरिएको छ । विमान स्थल नियन्त्रणमा लिन सेनालाई चार घण्टा लागेको थियो । सेनाको प्रवक्ताका अनुसार विमानस्थल सेनाको नियन्त्रणमा आएपछि पनि आइएसका लडाकुले टाढाबाट मोर्टार प्रहार गरिरहेका थिए ।

यस सँगै मोसुल शहरको पूर्वी, दक्षिण–पश्चिमी क्षेत्रको अधिकांश भू–भाग नियन्त्रणमा लिन इराकी सेना सफल भएको छ । अघिल्लो हप्ता सेनाले शहरको पूर्वी क्षेत्र आफ्नो नियन्त्रणमा लिएको थियो । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);