काठमाडौं।एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ । ओली निवास बालकोटमा बिहीबार दुई शीर्षनेताबीच भेटवार्ता भएको हो । एमाले विभाजनपछि पहिलोपटक ओलीलाई भेट्न गौतम पहिलोपटक बालकोट पुगेका हुन् । कम्युनिष्ट पार्टीबीच एकता अभियान चलाएको बताएका गौतमले ओलीलाई भेटेका हुन् । नयाँ पार्टी घोषणा गरेको तेस्रो दिन बिहीबार गौतमले ओलीलाई भेटेका हुन् । ‘वामदेव गौतमज्यूले भेट्न चाहनुभयो । सोहीअनुसार समय दिएपछि उहाँ ओलीलाई भेट्न बालकोट आउनु भएको हो,’ ओलीका प्रेस संयोजक रामशरण बजगाईंले भने।
केपी ओली र वामदेव गौतमबीच भेटवार्ता
ताजा समाचार
वेस्ट इन्डिज सुपर आठमा, नेपाल नौ विकेटले स्तब्ध
१३ घन्टा अघि
४० अर्ब २८ करोड बराबरको वैदेशिक लगानी प्रतिवद्धता
१४ घन्टा अघि
अब जित निकाल्नुपर्ने बेला आयो : मोन्टी देशाई
१५ घन्टा अघि




