आलिया भट्ट गर्भवती, दिइनु चाँडै बच्चा आउने जानकारी | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

आलिया भट्ट गर्भवती, दिइनु चाँडै बच्चा आउने जानकारी

मुम्बई।बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर चाँडै आमाबाबु बन्ने भएका छन्। सोमबार बिहान आलियाले आफ्नो सामाजिक सञ्जालमार्फत एक पोस्ट सेयर गर्दै आफू गर्भवती भएको जानकारी दिएकी हुन्।

सामाजिक सञ्जालमा राखिएको तस्बिरमा आलियालाई अस्पतालमा सुतेको देख्न सकिन्छ, जहाँ रणवीर पनि छन्। तस्बिरमा उनीहरूको अगाडिको स्क्रिनमा ‘प्रेम’को चिन्ह देखाइएको छ।आलियाले ‘हाम्रो बच्चा…चाँडै आउँदैछ’ भनेर लेखेकी छन् ।आलिया र रणवीरको भेट सन् २०१७ मा फिल्म ‘ब्रह्मास्त्र’को सेटमा भएको थियो । त्यसपछि उनीहरुले डेटिङ सुरु गरेका थिए।रणवीर र आलियाले यसै वर्षको १४ अप्रिलमा विवाह गरेका थिए । विवाहको दुई महिनामै आलियाले आफू गर्भवती भएको खबर सार्वजनिक गरेकी हुन्।

Leave a Reply