साझेदारीले बाँडेको अधिकाँस काठहरु चिरान मिलमा फेला | ईमाउण्टेन समाचार

Our Network

माघ २ २०८१, बुधवार

साझेदारीले बाँडेको अधिकाँस काठहरु चिरान मिलमा फेला

श्याम गुप्ता
१० फागुन, बारा ।
गढीमाई साझेदारी वन उपभोक्ता समूहँ पथलैया बाराले जिल्लाको छुट्टा–छुट्टै गाबिसको वडाहरुमा बितरण गरेको सालको गोलिया काठहरुलाई उपभोक्ताको घर घरमा नभई स्थानीय चिरान मिलमा राखिएको तथा चिरेको अवस्थामा फेला पारिएको

साझेदारीले बाँडेको अधिकाँस काठहरु चिरान मिलमा फेला

श्याम गुप्ता
१० फागुन, बारा ।
गढीमाई साझेदारी वन उपभोक्ता समूहँ पथलैया बाराले जिल्लाको छुट्टा–छुट्टै गाबिसको वडाहरुमा बितरण गरेको सालको गोलिया काठहरुलाई उपभोक्ताको घर घरमा नभई स्थानीय चिरान मिलमा राखिएको तथा चिरेको अवस्थामा फेला पारिएको छ ।

गढीमाई साझेदारी वन उपभोक्ता समूहँले गत पुस महिनामा वितरण गरेका काठहरु सम्बन्धित उपभोक्ताहरुको घर दैलोमा गएको हो या होईन भन्ने विषयमा छनविन गर्दै पुस २ गते सो समूहँका पदाधीहरुले अनुगमन गर्दै जाँदा सो काठहरुलाई चिरान मिलमा फेला पारिएको थियो ।
    

बिगतका समयमा वनको काठ लिनबाट बंचित रहेका बाराको छुट्टा–छुट्टै पन्ध्र गाबिसका उपभोक्ताहरुलाई साझेदारीले वन उपभोक्ता समूहँले गत कात्र्तिक महिनामा २२ हजार क्यू फिट काठ बितरण गरेको थियो ।

समूहँका अध्यक्ष गणेशजी प्रसाद साहका अनुसार कुल २२ हजार क्यू फिट सालको गोलिया काठहरु मध्ये गढीमाई साझेदारी वन उपभोक्ता समूँहको भवन तथा प्रतिक्षालयको निर्माण गर्ने उद्देश्यले दुई हजार क्यू फिट काठलाई छुट्याईएको र शेष रहेको बीस हजार क्यू फिट काठलाई पन्ध्र वटा गाबिसका उपभोक्ताहरुलाई प्रति ब्यक्त ३० क्यू फिटको दर बितरण गरिएको थियो ।

उनका अनुसार गढीमाई साझेदारी वन उपभोक्ता समूँहको क्षेत्राधिकार भित्र पर्ने नेपाल भारत सिमाना देखि नेपाल भूमीमा रहेको पन्ध्र वटा गाबिसहरु बिसरामपुर , ईटियाहीं , बरैनिया , छतवा , बातरा , फेंटा , भलुई भरवलिया , खुटुवा , परसौनी , बुनियाद , रामपुर टोकनी , बहुवरी , लिपनिमाल , छातापिपरा र जीतपुरका आम नेपाली जनतालाई काठ बितरण गरिएको थियो ।

समूहँले बाँडेको सो सालको गोलिया काठहरुलाई सम्बन्धित उपभोक्ताहरुको घर दैलोमा गएको छ की छैन भन्ने विषयमा समूहँको अनुगमन उपसमितिका संयोजक देवलाल हजराको नेतृत्वमा गएको अनुगमन टोलीले पुस महिनामा सो अनुगमन गरेको हो ।

सो अनुगमन टोलीले जिल्लाको भलुईभरवलिया गाबिस र फेंटा गासबको बिभिन्न वडामा अनुगमन गरेको थियो । जस मध्ये भलुईभरवलिया गाबिसको बिभिन्न वडामा अनुगमन गर्दा उपभोक्ताहरुको घर दैलो मैं थन्काएर राखिएको अवस्थामा थियो । भने फेंटा गाबिसको अधिकाँश उपभोक्ताहरुको स्थानीय चिरानहरुमा राखिएको अवस्थामा थन्काईएको अवस्थामा फेला परको थियो ।

अनुगमनका क्रममा श्री खैरातीमाई सामुदायीक वन उपभोक्ता समूँहका अध्यक्ष मदन प्रसाद साह , साझेदारी वन उपभोक्ता समूहँको अनुगमन उप समितिका गोपालजी साह , शेषनाथ प्रसाद कुशवाहा , धारी महत्तो , रमन प्रसाद चौधरी , धु्रव साह , जिल्ला वन कार्यालय सिमरा बाराका प्रतिनिधी श्रीभगवान यादव लगायत सञ्चारकर्मीहरु श्याम गुप्ता समेतको अनुगमनमा सहभागिता रहेको थियो ।

समूँहले एक पटकको लागि सो गल्तीलाई सुधार गर्ने उद्देश्य छोडेको थियो । साझेदारी बाँडेको काठलाई भने आगामी दिनमा यसरी नियम बिपरित चिरान मिलहरुमा राखिएको पाईएमा उपभोक्ताहरुलाई काठ लिनबाट बञ्चित गराइँने तथा कारावाहीको दायरामा समेत ल्याउँने समूँहका अध्यक्ष गणेशजी प्रसाद साहले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);