पशुसेवा विज्ञ केन्द्र अर्घाखाँचीको कार्यालय उद्घाटन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

पशुसेवा विज्ञ केन्द्र अर्घाखाँचीको कार्यालय उद्घाटन

अर्घाखाँची। भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको एक औपचारिक समारोहबीच उद्घाटन गरिएको छ ।लुम्बिनी प्रदेशका कृषि खाद्य व्यवस्था तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझीले भवनको उद्घाटन गरेका हुन्।मन्त्री रायमाझीले भवन उद्घाटन गर्दै जनतालाई गुणस्तरीय अनि प्रभावकारी सेवा प्रवाहमा ध्यान दिन प्राविधिकलाई आग्रह गरे । कृषि क्षेत्रको विकास नभई देशको विकास नहुने भन्दै कृषकहरूको व्यावसायिक विकासमा सरकारले ध्यान केन्द्रित गरेको उनले बताए। 

कार्यक्रममा प्रदेश सभा सदस्य रामजी घिमिरे, जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, सन्धिखर्क नगरपालिकाका नगर प्रमुख कृष्ण प्रसाद श्रेष्ठ, भूमिकास्थानका नगर प्रमुख झविलाल थापा, उपप्रमुख बालकृष्ण बन्जाडेलगायतको उपस्थिति रहेको थियो।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);