नौमुरे आयोजना निर्माणमा बजेट अभाव हुन दिन्नौं – मन्त्री रायमाझी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३ २०८१, सोमबार

नौमुरे आयोजना निर्माणमा बजेट अभाव हुन दिन्नौं – मन्त्री रायमाझी

काठमाडौं, २९ चैत। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीले नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजना निर्माणका लागि बजेट अभाव हुन नदिने बताएका छन् । आइतबार एक समारोहबीच अर्घाखाँची सितगंगा–७ तामातालमा नौमुरे जलविद्युत आयोजनाको उद्घाटन गर्दै मन्त्री रायमाझीले आयोजना निर्माणका लागि बजेट अभाव हुन नदिने प्रतिबद्धता जनाएका हुन् । आयोजनाको काम तिब्र गतिमा अगाडि बढाइने मन्त्री राजमाझीले बताए ।

आयोजना निर्माणले अर्घाखाँचीको कर्णाली भनेर चिनिने क्षेत्रको कायापलट हुने उनको दाबी छ । सो आयोजना बनेपछि अर्घाखाँचीसँगै दाङ, प्यूठान लगायत क्षेत्रका बासिन्दा पनि लाभान्वित हुनेछन् । २ सय ८१ मेगावाट क्षमताको सो परियोजनालाई लुम्बिनी प्रदेशको विकासको कोशेढुंगा मानिएको छ । सो आयोजना बनेपछि ३० हजार बढी हेक्टर जमिनमा सिँचाई सुविधा समेत पुग्नेछ ।
आइ.एन.ए

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);