कपलिवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिका–७ जौबारीमा सोमबार बेलुका ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय महोमद हनिक रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा बहादुरगञ्ज स्थित शिबराज अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । पैदल हिडिरहेका उनलाई हिजो बेलुकी ७ बजे ना २ क ८१८ नम्बरको पानी ट्याङकरले ठक्कर दिएको थियो । ट्याङकर सहित चालकलाई ईलाका प्रहरी कार्यालय बहादुरगञ्जले नियन्त्रणमा लिएको छ ।
कपिलवस्तुमा ट्याङकरको ठक्करबाट पैदलयात्रीको मृत्यु
ताजा समाचार
शेयर बजार साढे ५ अङ्कले घट्याे,कारोबार रकम बढ्यो
१० घन्टा अघि
त्रिवि उपकुलपति बरालको राजीनामा स्वीकृत
१० घन्टा अघि
मोरङका एक व्यक्तिको शंखमुलमा शव फेला
१४ घन्टा अघि
उत्तरी गोरखाको साम्दो क्षेत्रमा हिमपात
१४ घन्टा अघि
घट्यो देशभरको वायु प्रदूषण
१४ घन्टा अघि