मनाङले आज शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलमा बंगलादेशको मोहमडन स्पोर्टिङसँग भिड्ने | ईमाउण्टेन समाचार

Our Network

असार २८ २०८३, सोमबार

मनाङले आज शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलमा बंगलादेशको मोहमडन स्पोर्टिङसँग भिड्ने

बंगलादेशमा जारी शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलमा आज मनाङ मर्सयाङ्गदीले खेल्दै, बंगलादेशको मोहमडन स्पोर्टिङसँगको खेल साँझ ७ बजे हुने

मनाङले आज शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलमा बंगलादेशको मोहमडन स्पोर्टिङसँग भिड्ने

काठमाडौं । बंगलादेशमा चलिरहेको शेख कमल अन्तर्राष्ट्रिय क्लब कप फुटबलमा आज नेपालको मनाङ मर्सयाङ्गदी क्लबले बंगलादेशको मोहमडन स्पोर्टिङ क्लबसँग खेल्दैछ ।

खेल बेलुका सवा ७ बजे सुरु हुनेछ । बंगलादेशको चित्तागाङमा शनिबार सुरु भएको प्रतियोगितामा मनाङले आफ्नो पहिलो खेल घरेलु टिमसँग खेल्न लागेको हो ।

मनाङका प्रशिक्षक छिरिङ लोप्साङ र कप्तान अनिल गुरुङ्गले विपक्षी टिमबारे खासै जानकारी नभएपनि नेपालमा लगातार खेल जितिरहेको टोली उच्च मनोबलका साथ बंगलादेश पुगेको र त्यसैअनुसार राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् ।

मनाङ रहेकै समूहको अर्को खेल पनि आइतबार नै हुनेछ । प्रतियोगितामा नेपाल र बंगलादेशसहित किर्गिस्तान, अफगानस्तान, दक्षिण कोरिया र मालद्विप्सका क्लब सहभागी छन् ।

दुई वटा समूहमा रहेका सहभागी क्लब मध्येबाट दुईदुईवटा शीर्ष टिम सेमिफाइनलमा पुग्नेछन् ।

 

Leave a Reply

ताजा समाचार