सप्तरी । सप्तरीको डाक्नेश्वरी नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा नेकपा एमाले विजय भएका छन्। एमालेबाट प्रमुखमा उम्मेदवारी दिएका रामलखन मलाह र उपप्रमुखमा उम्मेदवारी दिएकी मीराकुमारी यादव विजयी भएका हुन् । मलाहले ५ हजार ८५४ मत प्राप्त गरि विजय भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका नारायण यादवले ५ हजार ३९६ मत प्राप्त गरे। उपप्रमुखमा एमालेकै मीरा कुमारी यादवले ६ हजार १९७ मत प्राप्त गरि विजय भए।उनका प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीकी इन्दुकुमारी यादवले ५ हजार २०९ मत प्राप्त गरिन्।
डाक्नेश्वरीको प्रमुख र उपप्रमुखमा एमाले विजयी
ताजा समाचार
गृहमन्त्री गुरुङद्वारा सदनमा तीनवटा अध्यादेश पेश
१४ घन्टा अघि
‘सडक र मन्दिर बने तर जनताको अवस्था फेरिएन’
१५ घन्टा अघि




