चितवन, ५ मंसिर । प्रचण्ड पुत्र प्रकाश दाहालको श्रद्धाञ्जली सभामा गीत गाउँदै गर्दा जनगायक तथा पूर्व सांसद खुसीराम पाख्रिनलाई हृदयघात भएको छ ।
उनको अवस्था चिन्ताजनक रहेको छ । उनको अहिले नारायणी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । चितवनमा बाम गठबन्धनले आज श्रद्धाञ्जली सभा गरेको थियो । उक्त सभामा उनले गीत गाउँदै थिए ।