नयाँ वर्षको दिन खोप कलेजको साइकल यात्रा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

नयाँ वर्षको दिन खोप कलेजको साइकल यात्रा

भक्तपुर । नयाँ वर्षको आरम्भदेखि साइकल चलाउन थालौं भन्ने आह्वानका साथ ख्वप कलेज देकोचा भक्तपुरले नववर्ष साइकल यात्रा आयोजना गरेको छ । ‘साइकल सेभ अस’ भन्ने सोचका साथ वैशाख ३ गते शनिबार यात्रा सुरु हुने छ । यात्रामा कलेजका प्राध्यापक तथा विद्यार्थी सहभागी हुने छन् ।

साइकल यात्रा बिहान ६:३० मा ख्वप कलेजबाट सुरु हुने जनाइएको छ । यात्रा कलेजबाट सिपाडोल, डोरलाङ, डोलेश्वर पुग्ने छ । त्यहाँबाट फर्केर जगाती, कमलविनायक भएर यात्रा कलेजमा पुगेर टुंगिने जनाइएको छ । यात्रा १२ किलोमिटरको रहने जनाइएको छ । ख्वप कलेज मानविकी संकायको बिएबीएसडब्लु तथा एमए अंग्रेजीका इन्चार्ज कामिनिका न्याइच्याइका अनुसार साइकल यात्राको मूल उद्देश्य स्वास्थ्य र वातावरण बचाउनु रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);