काठमाडौं । इंग्लिस प्रिमियर लिगको लिडर चेल्सीले १२ अंकको अग्रता लिने मौका गुमाएको छ ।
लिग अन्तर्गत आइतबार राति भएको खेलमा शीर्ष स्थानको चेल्सी बर्नलीसँग १–१ को बराबरीमा रोकिएर दोस्रो स्थानको टोटनह्यामसँगको अंक दूरी १२ पु¥याउने मौका गुमाएको हो ।
सातौं मिनेटमा पेड्रोको गोलबाट सुरुवाति अग्रता लिए पनि चेल्सीले जित निकाल्न भने सकेन । घरेलु मैदानमा भएको खेलमा २४ औं मिनेटमा रोबी ब्रेडीले बर्नलीका लागि बराबरी गोल फर्काए ।
पहिलो हाफअघि चेल्सीले केही सुन्दर थप मौका बनाएको थियो तर गोल भने हुन सकने ।
डिएगो कोस्टाले दुई पटक गोलका लागि प्रयास गरेका थिए तर बर्नलीको डिफेन्सले त्यसलाई सफल हुन दिएन ।
बराबरीपछि शीर्ष स्थानको चेल्सीको २५ खेलबाट ६० अंक भएको छ । चेल्सी दोस्रो स्थानको टोटनह्यामभन्दा १० अंकले अघि छ ।
बर्नली २५ खेलबाट ३० अंकसहित तालिकाको १२ औं स्थानमा छ ।