चुनावी कार्यक्रम स्थगित नगर्न प्रचण्डको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८३, आइतबार

काठमाडौँ, ३ मंसिर। आफ्ना छोरा प्रकाश दाहालको निधनमा विभिन्न जिल्लाका चुनावी कार्यक्रम स्थगित भएको खबर आउन थालेपछि नेकपा माओवादीका अध्यक्ष प्रचण्डले कार्यक्रम पुनः सुचारु गर्न निर्देशन दिएका छन्।

निर्वाचनका लागि तय गरिएका सबै कार्यक्रमहरु सुचारु राख्न अध्यक्ष प्रचण्डले सिंगो पार्टी कमिटीलाई निर्देशन दिएका पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिएकी छन्।

दाहालको निधनको खबर सुनेपछि विभिन्न जिल्लामा रहेका माओवादी नेताहरु कार्यक्रम स्थगित गरेका छन्।

साँझ ५ बजे अन्त्येष्टि गरिने बताइएको छ।