एजेन्सी, ३ मंसिर। गए राति भएको खेलमा रियल मड्रिड एथट्लेटिकोसँग गोल रहित बराबरी रोकिएको छ। गोलरहित खेल टुंगिएसँगै साविक विजेता रियल मड्रिडले ला लिगामा थप अंक गुमाएको छ।
शीर्षस्थानमा बार्सिलोना आसिन छ भने रियल तेस्रो स्थानमा छ। त्यस्तै रियलसँग बराबरी खेलेको एथट्लेटिको पनि रियलसँग समान २४ अंक सहित चौथो स्थानमा रहेको छ।
यस खेल अघि लुइस स्वारेजको उच्च प्रदर्शनमा ३-० को जित निकालेको बार्सिलोनाले १२ खेलमा रियलसँग १० अंकको अग्रता बनाएको छ । दोस्रो स्थानको भ्यालेन्सिया ७ अंक पछि रहेपनि आइतबारको खेलमा बार्सिलोनासँगको दूरी घटाउने अवसर मिल्नेछ ।
यस्तै हिजो राती नै भएका अन्य खेलमा सेभिल्लाले सेल्टा भिगोसँग पुनरागमन गर्दै घरेलु मैदानमा २-१ ले जित्न सफल भयो । त्यस्तै गेटाफेले अलाभेसलाई ४-१ ले हराउँदै शानदार जित हात पार्यो।




