गोरखा, २ मंसिर। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकमा संसदीय प्रणाली विकल्प खोज्नु मुलुकका लागि अनिष्ट हुने बताएका छन्।
गोरखामा आयोजित एक सभालाई संबोधन गर्ने क्रममा पौडेलले राजनीतिक विवाद नउचाल्न आग्रह गरे । वाम गठबन्धनले संसदीय प्रणाली खारेज गरी साम्यवाद ल्याउने प्रयास गर्न खोजेको उनको आरोप रहेको छ। देशमा साम्यवाद ल्याउनु भनेको पुनः द्वन्द्वमा धकेल्नु हो भन्दै वाम गठबन्धनले द्वन्द्व व्युत्याउन खोजको उनले आरोप लगाए।
गोरखा क्षेत्र नं २मा नयाँ शक्ति पार्टीका बाबुरामलाई सहयोग गर्न पुगेका उनले संसदीय प्रणालीको विकल्प खोज्नेहरुले राष्ट्र र जनताको अनिष्ट गर्न चाहेको समेत आरोप लगाएका छन्।