वामपन्थी गठबन्धने संसदीय व्यवस्था खोस्न खोज्दैछ: नेता पौडेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाण्डौँ, ११ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनबाट देशमा अनिष्ट आउने दाबी गरेका छन् ।

सोमबार तेह्रथुमको म्याङलुङ्गमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेता पौडेलले कम्युनिष्टहरु समस्या उब्जाउन मात्रै जान्ने तर समाधान गर्न नसक्ने भन्दै विकासलाई अगाडि बढाउन कांग्रेसले सही भूमिका निर्वाह गर्ने दाबी गरे ।

वामपन्थी गठबन्धनले संसदीय व्यवस्था खोस्न खोजेको आरोप लगाउँदै एकदल लागू गर्न खोज्ने कम्युनिष्टहरुसँग अब नेपाली जनता नझुकिने बताए । सभामा सम्बोधन गर्ने क्रममा नेपाली कांग्रेसले गरीबी, बेरोजगारी र अभावको अन्त्य गरी मुलुकलाई आत्मनिर्भर बनाउन चाहेको पनि बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);