फागुन तेस्रो साता पाँच पोखरी जिल्लास्तरीय क्रिकेट हुने  | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

फागुन तेस्रो साता पाँच पोखरी जिल्लास्तरीय क्रिकेट हुने 

काठमाडौं । फागुन तेस्रो साताबाट पाँचपोखरी टी-२० जिल्लास्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । आयोजक पाँच पोखरी थाङपाल गाउँपालीका खेलकुद विकास समितिले पत्रकार सम्मेलन गर्दै प्रतियागिता मुलपानी क्रिकेट रंगशालामा १५ गतेदेखि २२ फागुनसम्म हुने जानकारी गराएको हो । 

प्रतियोगितामा सिन्धुपाल्चोक जिल्लाका ८  टिम सहभागी हुनेछन् । उक्त टिममा सिन्धुपाल्चोक जिल्लावासी मात्र रहने प्रावधान रहेको आयोजकले जनाएको छ  । टिम प्रवेश प्रवेश शुल्क १२ हजार रहेको प्रतियोगिताको विजेता र उपविजेता टिमले क्रमशः  ७५ हजार र ४० हजार नगद, ट्रफी, प्रमाण पत्र, मेडल पाउने छन् । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);