भरुवा बन्दुकसहित दुई जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

भरुवा बन्दुकसहित दुई जना पक्राउ

काठमाडौँ । कपिलवस्तु, बाणगंगा नगरपालिका–२ मनकामना सामुदायिक वनबाट दुई थान भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा अर्घाखाँची सितगंगा नगरपालिका–१४ का ५० वर्षीय वीरबहादुर सोमै र २८ वर्षीय खेमु मगर छन् । 

जंगलमा केही व्यक्ति बन्दुकसहित हिँडिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले वी बहादुरलाई एक थान र खेमुलाई लोडेड अवस्थामा रहेको एक थान भरुवा बन्दुकसहित फेला पारेको हो । 

यस सम्बन्धमा प्रहरीको आवश्यक अनुसन्धान जारी छ ।


 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);