कांग्रेस पदाधिकारी बैठक बस्दै | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

काठमाडौं । नेपाली कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दैछ । दिउँसो तीन बजेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्ने तय भएको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । 

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेर बहादर देउवालाई भेट्न पार्टीका पदाधिकारी बालुवाटार जान लागेको सहमहामन्त्री पाण्डेले बताए । मंगलबार पार्टी केन्द्रीय कार्यलय सानेपामा बसेको पदाधिकारी बैठकमा सभापति देउवा उपस्थित नभएपछि पदाधिकारीहरु आज देउवा निवासमै जान लागेका हुन्  । 

 देउवाले व्यस्तताको कारण देखाउदै मंगलबारकाे बैठकमा सहभागी भएका थिएनन् । बैठकमा भोली बस्ने पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठकको बिषय र अन्य समसामयिक बिषयमा छलफल हुनेछ । देउवासँग भेट्नुअघि नेता शेखर कोइराला समूह पनि छुट्टै छलफलमा छ । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);