बिजुलीको पोलबाट खसेर प्राधिकरणका कर्मचारीको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८३, बुधवार

बिजुलीको पोलबाट खसेर प्राधिकरणका कर्मचारीको मृत्यु

ताप्लेजुङ। बिजुलीकाे पोलमा चढेर बिजुली मर्मत गर्ने क्रममा झरेर नेपाल विद्युत प्राविधिकरण ताप्लेजुङ वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ ।

फुङ्लिङ नगरपालिका-४ क्याम्पस लाइन निवासी ४८ वर्षीय सूर्यप्रकाश लिम्बूको पाेलबाट खसेर साेमबार मृत्यु भएको हो ।

पोलबाट भुइँमा बजारिएर घाइते भइ ताप्लेजुङ जिल्ला अस्पताल लगेकाे र अस्पतालमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख बाल नरसिंह राणाले बताए ।

विरेन्द्र चाेक नजिक पोलमा चढेर बिजुली बनाइरहेको अवस्थामा भुईमा बजारिएपछि केदेमको मृत्यु भएको जिल्ला  प्रहरी कार्यालयले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 

Leave a Reply

ताजा समाचार