रहनसहन हेर्ने हो भने हामी नै शुद्ध कम्युनिष्ट : नेतृ हिसिला यमी (भिडियो) | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८३, शनिबार

काठमाण्डौँ, ३० कार्तिक । नयाँ शक्ति नेपाल पार्टीकी नेतृ हिसिला यमीले बाम गठबन्धनका नेताहरुको रहनसहनसँग दाज्ने हो भने सबैभन्दा कम्युनिष्ट आफूहरु देखिने दाबी गरेकी छिन् ।

माउण्टेन टेलिभिजनको माउण्टेन संवादमा बोल्दै नेतृ यमीले आफूहरुको आर्थिक स्रोत भनेको लेख लेख्ने, टक प्रोग्राममा जाने र आफ्नो क्षमता भएर पनि देशका लागि केही गरुँ भनेर लागेकाले धेरैले आफूहरुलाई आर्थिक सहयोग गर्ने गरेको खुलासा गरिन् ।

संवादकै क्रममा उनले लुगाफाटोमा पनि धेरै खर्च नगर्ने बताउँदै धेरै जसो दिदिबहिनीले उपहार स्वरुप दिनुभएको कपडा लगाउने बताईन् । अर्को सन्दर्भमा चुनावी खर्च धान्न निकै गाह्रो रहेको बताउँदै सहयोगको रकमले मुस्किलले धानिराखेको बताईन् ।

ताजा समाचार