सर्लाहीमा बस दुर्घटना : एक को मृत्यु, बाह्र घाइते | ईमाउण्टेन समाचार

Our Network

असार १२ २०८१, मंगलबार

सर्लाहीमा बस दुर्घटना : एक को मृत्यु, बाह्र घाइते

सर्लाही । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको बाँके जंगलमा शनिबार राति बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १२ जना घाइते छन् ।

विपरीत दिशाबाट गुडिरहेको मोटरसाइकललाई ठक्कर दिएपछि बस पल्टिँदा १ जनाको घटनास्थलमै मृत्यु भएको हो । सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ स्थित बाँके जंगलमा सिरहाको बरियारपट्टीबाट काठमाडौंतर्फ आउँदैगरेको ना ७ ख ७५३ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको ना २९ प ४४९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट मोटरसाइकलको पछाडि सवार ईश्वरपुर नगरपालिका–१२ घारिबथानका २७ वर्षीय भक्तबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक सोही स्थनका आरुण खड्का भने गम्भीर घाइते छन् । खुट्टा काटिएको अवस्थामा उनलाई थप उपचारका लागि वीरगंज रेफर गरिएको छ ।

बस पल्टिँदा बसमा सबार ४० जनामध्ये १२ यात्रु घाइते भएका हुन्। उपचारका लागि लालबन्दीस्थित मोडेल अस्पततालमा पुर्‍याइएका घाइतेमध्ये ७ जना आ–आफ्नो घर फर्किसकेका छन् । ४ जना घाइतेको अझै उपचार चलिरहेको छ । १ जनाको भने सिरहातर्फ रेफर गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनापछि बसका चालक फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);