पुरानो बसपार्कमा फरक क्षमता भएका व्यक्तिलाई सवारीमा चढ्ने र ओर्लने सुविधा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पुरानो बसपार्कमा फरक क्षमता भएका व्यक्तिलाई सवारीमा चढ्ने र ओर्लने सुविधा

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले फरक क्षमता भएका व्यक्तिहरूलाई सार्वजनिक सवारीसाधनमा सहज पहुँच र सुविधाका लागि चढ्ने र ओराल्नको लागि पुरानो बसपार्कमा ठाउँको व्यवस्था गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक उमेशराज जोशीको निर्देशनअनुसार सोमबारदेखि सो व्यवस्था सुरू गरिएको हो । महाशाखाले पुरानो बसपार्कमा ‘फरक क्षमता भएका व्यक्तिहरूलाई मात्र चढाउने र ओराल्ने ठाउँ’ लेखिएको बोर्ड पनि राखेको छ । 

‘फरक क्षमता भएकाहरूको जीवन सहज बनाउन अझै यस्ता सवारी र अपांगतामैत्री व्यवस्था थप्दै जानेछौं,’ एसएसपी जोशीले भने । ट्राफिक महाशाखाले सार्वजनिक सवारी साधनका चालक, सहचालक तथा यात्रुवर्गहरुलाई तोकिएको स्थानबाट मात्रै पिक एन्ड ड्रप गर्न पनि अनुरोध गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);