अछाममा मतदाताको संख्या एक लाख ५७ हजार १७ पुग्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

अछाममा मतदाताको संख्या एक लाख ५७ हजार १७ पुग्यो

अछाम । अछाममा पुस मसान्तसम्म नयाँ र पुराना गरी एक लाख ५७ हजार १७ पुगेको छ । जसमा महिला ८० हजार ६८५ र पुरुष ७६ हजार ३ ० रहेका  छन् । जिल्ला निर्वाचन कार्यालय अछामका अनुसार सबभन्दा बढी साँफेबगर नगरपालिकामा २२ हजार ७६ मतदाता र सबैभन्दा कम वान्नीगढी जयगढ गाउँपालिकामा ११ हजार ९०९ छन् ।

साँफेबगर नगरपालिकामा महिला ११ हजार ४८५ र पुरुष १० हजार ५ ९० मतदाता छन् । त्यस्तै वान्नीगढी जयगढ गाउँपालिकामा महिला ६ हजार २१२ र पुरुष ६ हजार ६९७ छन् ।  मंगलसैन नगरपालिकामा १९ हजार ९०४ मतदाता छन् । जसमा महिला १० हजार ३०५ र पुरुष नाै हजार ५९८ छन् ।

मेल्लेख गाउँपालिका १५ हजार ४३५ मतदाता छन् । जसमा  महिला सात हजार ९६६ र पुरुष सात हजार ४६९ छन् । चौरपाटी गाउँपालिमा १४ हजार ७३९ मतदाता छन् । जसमा महिला ७ हजार ९७९ र पुरुष ६ हजार ७६० छन् । 

रामारोशन गाउँपालिकामा १४ हजार ४६५ मतदाता छन् । जसमा महिला ७ हजार १८९ र पुरुष ७ हजार २७६ रहेका छन् । पन्चदेवल विनायक नगरपालिकामा १६ हजार २८६ मतदाता छन् । जसमा महिला ८ हजार ५२४ र पुरुष ७ हजार ७६२ रहेका छन् ।

कमलजवार  नगरपालिकामा १४ हजार १३४ मतदाता छन् । जसमा महिला ६ हजार ९७७ र पुरुष ७ हजार १५७ रहेका छन् । तुर्माखाँद गाउँपालिकामा १५ हजार ५७५ मतादाता छन् । जसमा महिला ७ हजार ८२७ र पुरुष ७ हजार ७४७ रहेका छन् । ढकारी गाउँपालिकामा १२ हजार ४९५ रहेका छन् । जसमा महिला ६ हजार २२१ र पुरुष ६ हजार २७४ रहेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);