हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ०२ पैसा र बिक्री दर ११९ रुपैयाँ ६२ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३५रुपैयाँ ६७ पैसा र बिक्री दर १३६ रुपैयाँ ३५ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपैयाँ १८ पैसा र बिक्री दर १६२ रुपैयाँ ९९ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ १३ पैसा र बिक्री दर १३० रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ६० पैसा र बिक्री दर ८६ रुपैयाँ ०३ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ०४ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ५२ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३८ पैसा र बिक्री दर १० रुपैयाँ ४४ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७४ पैसा र बिक्री दर १८ रुपैयाँ ८३ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ७२ पैसा र बिक्री दर ३१ रुपैयाँ ८८ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ६९ पैसा र बिक्री दर ३२ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४५ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५९ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९९ पैसा र बिक्री दर १० रुपैयाँ ०४ पैसा कायम भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);