हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ७९  पैसा र बिक्री दर ११९ रुपैयाँ ३९ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३४रुपैयाँ ७० पैसा र बिक्री दर १३५ रुपैयाँ ३८  पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ ६७ पैसा र बिक्री दर १६२ रुपैयाँ ४९ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ६९ पैसा र बिक्री दर १३० रुपैयाँ ३५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ५३ पैसा र बिक्री दर ८५ रुपैयाँ ९६ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ६५ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ३७ पैसा र बिक्री दर १० रुपैयाँ ४२ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७१ पैसा र बिक्री दर १८ रुपैयाँ ८१ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल  एकको खरिर दर ३१ रुपैयाँ ६७ पैसा र बिक्री दर ३१ रुपैयाँ ८३ पैसा  छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ६३ पैसा र बिक्री दर ३२ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  नाै रुपैयाँ ९८ पैसा र बिक्री दर १०  रुपैयाँ  तीन पैसा कायम भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);