हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले  बिहीबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ  ३५ पैसा र बिक्री दर ११९ रुपैयाँ ९५ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ६९ पैसा र बिक्री दर १३५ रुपैयाँ ३६  पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ २२ पैसा र बिक्री दर १६२ रुपैयाँ तीन पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ६६ पैसा र बिक्री दर १३० रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ६२ पैसा र बिक्री दर ८६ रुपैयाँ ०५ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ९५ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ ४३ पैसा छ ।

जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४५ पैसा र बिक्री दर १० रुपैयाँ ५१ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ८८ पैसा र बिक्री दर १८ रुपैयाँ ९७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल  एकको खरिर दर ३१ रुपैयाँ ८२ पैसा र बिक्री दर ३१ रुपैयाँ ९८ पैसा  छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ७८ पैसा र बिक्री दर ३२ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६२ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर नाै रुपैयाँ ९७ पैसा र बिक्री दर १०  रुपैयाँ  दुई पैसा कायम भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);