दलीय अडान छाड्न कांग्रेस नेता पौडेलको सुझाव | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

दलीय अडान छाड्न कांग्रेस नेता पौडेलको सुझाव

१७ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सबै दलहरु मिलेर छिटै स्थानीय तहको निर्वाचनको तयारीमा जुटनुपर्ने बताउनुभएको छ । दक्षिण कोरियाको भ्रमण सकेर फर्कनुभएका नेता पौडेलले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै निर्वाचनको विकल्प नभएको बताउनुभयो ।

उहाँले स्थानीय निकायको निर्वाचनसंगै कार्तिक र मंसिरसम्ममा प्रतिनिधिसभा र प्रदेशको निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो । नेता पौडेलले मोर्चाको सहमतिविना निर्वाचन गर्दिन भन्ने प्रधानमन्त्री र चुनाव हुन नदिने एमालेको अडानका कारण निर्वाचनमा ढिलाइ भएको आरोप लगाउनुभयो ।

स्थानीय निकायको निर्वाचन नहुँदा स्थानीय तहमा विकासको कामले गति लिन नसकेको उहाँले बताउनुभयो ।दलीय अडान छाड्न कांग्रेस नेता पौडेलको सुझाव

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);