सहमति विना चुनाव घोषणा नगर्न मधेसी मोर्चाको प्रधानमन्त्रीलाई चेतावनी, के के भयो बैठकमा ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

सहमति विना चुनाव घोषणा नगर्न मधेसी मोर्चाको प्रधानमन्त्रीलाई चेतावनी, के के भयो बैठकमा ?

प्रधानमन्त्रीको आह्वानमा बसेको सत्तारुढ कांग्रेस सहित मधेसी मोर्चाको बैठक विना निश्कर्ष टुंगियो, संविधान संशोधन अघि निर्वाचनको मिति नतोक्न मोर्चाको चेतावनी

सहमति विना चुनाव घोषणा नगर्न मधेसी मोर्चाको प्रधानमन्त्रीलाई चेतावनी

रामचन्द्र अर्याल/प्रतिक्षा शर्मा, काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहालको आह्वानमा बसेको सत्तारुढ कांग्रेस सहित मधेसी मोर्चाको बैठक विना निश्कर्ष टुंगिएको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक बिना निश्कर्ष टुंगिएको हो ।

बैठकमा मधेसी मोर्चाका नेताहरुले संविधान संशोधन विधेयक पास भएपछि मात्रै निर्वाचनमो मिति घोषणा गर्न सरकारलाई आग्रह गरेका थिए ।

सरकारले भने चुनावसँग सम्बन्धित सबै विधेयकसंसदबाट पारित भएपछि बुधबारसम्ममा मिति घोषणा गर्ने तयारी गरिएको जानकारी दिएको थियो ।

मिति घोषणाअघि सरकारले असन्तुष्ट मधेसी मोर्चालाई सहमतिमा ल्याउन गरेको प्रयास असफल भएपछि बैठक फेरि बस्ने गरि सकिएको थियो ।

एमालेले भने पहिले चुनावको मिति घोषणा गर्नुपर्ने बताउँदै आएकाले सरकार दोहोरो संकटमा परेको छ मोर्चालाई सहमतिमा ल्याएरै चुनावको मिति घोषणा गर्ने प्रधानमन्त्रीको प्रयास छ ।

मुख्य दलहरुबिच माघ १५ गतेभित्रै स्थानीय तहको चुनावको मिति घोषणा गर्ने समझदारी भएको थियो । तर मधेसी मोर्चाको बिरोध र चुनावसम्बन्धी विधेयक पास नहुँदा मिति घोषणा हुन सकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);