बुधबार बिहानै बालुवाटारमा के भयो, के के सहमति गरे शीषै नेताहरुले ? | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बुधबार बिहानै बालुवाटारमा के भयो, के के सहमति गरे शीषै नेताहरुले ?

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ ।

बुधबार बिहानै बालुवाटारमा के भयो

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तोकिएकै मितिमा गर्न शीर्ष नेताहरु सहमत भएका छन् ।

बैठकपछि नेताहरुले स्ववियु चुनाव तोकिएकै मितिमा सम्पन्न गर्नका लागि त्रिविलाई अनुरोध गर्ने र भातृ संगठनहरुलाई चुनावको तयारीमा लाग्न निर्देशन दिने सहमति बनेको हो ।

यस्तै बैठकमा मंगलबार राति अबेरसम्म भएको छलफललाई नै निरन्तरता दिइएको छ ।

मंगलबार राति तीत दलका शिर्ष नेता जारी राजनीतिक गतिरोध अन्त्य गर्न आन्दोलनरत मधेसी मोर्चा सहमितमा नआए पनि जेठ मसान्तभित्रै स्थानीय निर्वाचन गरी अघि बढ्ने निष्कर्षमा पुगेका थिए ।

सकेसम्म मधेसी मोर्चालाई मनाउने, नमाने पनि एक दुई दिनभित्रै चुनाव मिति घोषणा गर्ने निष्कर्षमा नेताहरु पुगेका छन् ।

प्रमुख दल कांग्रेस,एमाले र माओवादीबीच मंगलबार शीर्ष तहमा छलफलपछि प्रधानमन्त्री पुष्पकमल दाहाल फागुन ८ भित्रै स्थानीय चुनाव मिति घोषणा गर्ने निश्कर्षमा पुगेको बताइएको छ ।

मधेसी मोर्चासँग एकपटक अन्तिम छलफल गरी चुनाव मिति घोषणा गर्ने तयारीमा सरकार रहेको छ ।

मंगलबार बिहान राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी ओलीलाई बोलाई निर्वाचनबारे छलफल गर्नुभएको थियो ।

राति कांग्रेस सभापति शेरबहादुर देउवा समेतको बैठक सकारात्मक बनेको हो ।

आजको बैठकबाट ठोस निश्कर्ष नआए पनि निर्वाचनको वातावरण बन्दै गएको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);