टीआरसी विधेयक संसद्को आगामी अधिवेशनबाट टुंगोमा पु¥याउने | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८१, मंगलबार

टीआरसी विधेयक संसद्को आगामी अधिवेशनबाट टुंगोमा पु¥याउने

trc nepal

काठमाडौं,१० पुस । शीर्ष नेताहरुले संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक संसद्को आगामी अधिवेशनबाट टुंगोमा पु¥याउने समझदारी गरेका छन् । सोमबार साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा बालुवाटारमा बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठकले विधेयकका विषयहरुमाथि छलफल गर्दै संसद्को आगामी अधिवेशनबाट टुंगोमा पु¥याउने समझदारी गरेका हुन ।

तर विधेयकका विषयहरुमा भने दलहरुबीच सहमति जुटेको छैन । छलफलमा विधेयकबारे सहमति नभए पनि संसद्को आगामी अधिवेशनबाट टुंगो लगाउने भन्ने विषयमा दलहरु एकमत भएको नेकपा एमालेका सचेतक महेश बर्तौलाले जानकारी दिनु भयो ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित कांग्रेस, एमाले र माओवादी केन्द्रका शीर्ष नेताहरु सहभागी हुनुहुन्थ्यो । यसअघि आइतबार पनि शीर्षनेताहरुबीच भएको छलफलमा सहमति भएअनुसार प्रधानमन्त्री प्रचण्डले सोमबारै तीन दलका शीर्ष नेताहरुको अर्को बैठक राख्नु भएको हो ।

छलफलमा कांग्रेस उपसभापति रक्षामन्त्री पूर्णबहादुर खड्का र धनराज गुरुङ, माओवादी उपमहासचिव वर्षमान पुन, एमाले सचेतक महेश बर्तौला, कांग्रेस नेता राधेश्याम अधिकारीलगायत नेताहरु थपिनु भएको थियो । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक २५ फागुन ०७९ मा प्रतिनिधिसभामा दर्ता गरिसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);