जनमतबाट अत्तालिएकाहरुले जनतालाई पैसामा किन्न खोजे : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

जनमतबाट अत्तालिएकाहरुले जनतालाई पैसामा किन्न खोजे : प्रचण्ड

Prachandaaa

काठमाण्डौँ, २८ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनमतबाट अत्तालिएकाहरुले जनतालाई पैसामा किन्न खोजेको आरोप लगाएका छन् ।

मंगलबार भरतपुरको हरैया चोकमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै मतदातालाई फसाएर भोट किन्न खोज्नेहरुको पैसा जफत गर्न समेत कार्यकर्तालाई निर्देशन दिए ।

‘प्रचण्डले भने, ‘जनता महिला, दलित, गरिब, युवा र सम्पूर्ण जनतालाई पैसामा किन्न खोज्छ, तिनीहरु सामन्त हुन्, राष्ट्रको धन लुटेर देशमा भ्रष्टाचार बढाउने मान्छे हुन्। तिनीहरुको पैसा कब्जा गर्नुस्, त्यो नेपाली जनताको पैसा हो।’

अब समृद्धिको युग सुरु भएको भन्दै प्रचण्डले आफ्नो १० महिनाको प्रधानमन्त्री कालमा गरेको काम विकास र समृद्धिप्रतिकै संकल्प भएको जिकिर गरे । आर्थिक समृद्धि र समाजवाद बाहेक अर्को कुनै सपना नभएको उनको तर्क छ ।

 

ताजा समाचार