जुम्लामा कोभिडविरुद्धको पहिलो डोज खोप लगाउने ५० हजार पुगे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

जुम्लामा कोभिडविरुद्धको पहिलो डोज खोप लगाउने ५० हजार पुगे

जुम्ला ।  जुम्लामा कोरोनाविरुद्धको पहिलो डोज खोप लगाउने ५० हजार नाघेका छन् । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांकअनुसार हालसम्म ५० हजार जनाले पहिलो डोज खोप लागाइसकेका छन् । 

कार्यालय प्रमुख कृष्ण सापकोटाका अनुसार जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाविरुद्धको खोप लागाउने काम नियमित चलिरहेकै छ । उनले भने, ‘अहिलेसम्म ५० हजार नौ सय ८५ जनाले पहिलो डोज खोप लागाएका छन् । कोरोनाविरुद्धको पूर्ण खोप लागाउने भने ३३ हजार ६ सय ४५ जना पुगेका छन् ।’

अहिले १२ देखि १८ वर्षमुनिका बालबालिकालाई र पहिला छुटेका नागरिकलाई खोप लागाउँदै आएको उनले बताए । जुम्लामा ९६ हजार चार सय ८२ डोज कोरोनाविरुद्धको खोप आएको थियो । बाँकी ६ हजार एक सय ५९ डोज अझै बाँकी छ । जुम्लामा कोरोनाको खोप अभियानकै रुपमा चले पनि अझै धेरैले खोप लगाएका छैनन् । 

सचेतनाको कमीका कारण  कोरोनाविरुद्धको खोप धेरै नागरिकले नलागएको नागरिक समाजका अगुवा राजबहादुर महत बताउँछन् । उनी भन्छन्, ‘नागरिकमा खोप लगाए सुरक्षित भइन्छन भन्ने चेतना नै छैन । उल्टै खोप लागाए बिरामी परिन्छ भन्ने डर छ । जसका कारण जुम्लाका धेरै नागरिक खोप लगाउन नआएका हुन् । 
 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);