ट्रम्पको घोषणाका कारण आप्रवासीलाई तनाव, विमानस्थलमा रोकीयो, बाहिर विरोध | ईमाउण्टेन समाचार

Our Network

असार ११ २०८३, शुक्रबार

ट्रम्पको घोषणाका कारण आप्रवासीलाई तनाव, विमानस्थलमा रोकीयो, बाहिर विरोध

अमेरिकामा विभिन्न देशबाट गएका आप्रबासीहरुलाई विमानस्थलमा नै रोकियो, अमेरिकी प्रशासन अमानविय बन्दै गएको भन्दै अधिकारकर्मीद्वारा आन्दोलन

ट्रम्पको घोषणाका कारण आप्रवासीलाई तनाव

अमेरिका । अमेरिकामा विभिन्न देशबाट गएका आप्रबासीलाई विमानस्थलमा नै रोकिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले कट्टरपन्थी इस्लामिक विद्रोहीलाई अमेरिकाबाट बाहिर पठाउने भन्दै जारी गरेको कार्यकारी आदेशपछि विभिन्न देशबाट आएका नागरिकलाई प्रभावित विमानस्थलमा नै रोकिएकोे हो ।

न्युयोर्कको जोन एफ केनेडी विमानस्थलमा ११ जना सिरियाली नागरिकलाई प्रहरीले रोकेका छन् । त्यसको विरोधमा अधिकारकर्मीले विरोध प्रदर्शन गरेका छन् ।

विभिन्न अधिकारकर्मी समूहले राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश मानवीयताको मूल्यमान्यता विपरित रहेको भन्दै विरोध प्रदर्शन गरिरहेका छन् ।

ट्रम्पले सिरियासहित सात इस्लामिक देशका नागरिकको अमेरिका आगमनमा कडाइ गर्न आदेश दिनुभएको हो । यसमा इरान, इराक, लिबिया, सोमालिया, सुडान र यमन छन् ।

जोन एफ केनेडी विमानस्थलमा रोकिएकाहरु ट्रम्पको कार्यकारी आदेश जारी हुन पूर्व नै बोर्डिङ पास लिएका व्यक्ति हुन् ।

यस्तै दुई जना इराकी शरणर्थीलाई पनि रोकिएको थियो । त्यसमध्ये एक जनालाई रिहा गरिएको छ भने अर्का एक जनालाई अझै छोडिएको छैन ।

विभिन्न अधिकारवादी संस्थाले आधारभुत मानवीय मूल्यमान्यतालाई कुल्चिन नमिल्ने भन्दै विरोध प्रदर्शन गरिरहेका छन् ।

उनीहरुले शरणार्थीलाई रोकिएको विरोधमा अदालतमा मुद्दा पनि दर्ता गरेका छन् । तर अहिलेसम्म यो स्पष्ट भएको छैन कि राष्ट्रपति ट्रम्पको आदेशको असर अमेरिकालाई के पर्ने छ ।

Leave a Reply