कर्णालीका जिल्लामा हिमपात : किसान हर्षित, मुगुमा यो वर्ष पहिलो पटक हिमपात | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

कर्णालीका जिल्लामा हिमपात : किसान हर्षित, मुगुमा यो वर्ष पहिलो पटक हिमपात

मुगु । साविकका कर्णालीका हिमाली जिल्ला मुगुसहित जुम्ला, हुम्ला, डोल्पामा हिमपात भएको छ । पुस पहिलाे साताबाट हिमपात सुरु भएकामा पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भएसँगै मंगलबार रातिबाट भारी हिमपात भइरहेकाे हाे ।

मुगुमा याे वर्ष पहिलाे पटक हिमपात भएकाे छ । हिमपातका कारण चिसाे बढेकाे छ । मुगुमा तापक्रम माइनस ३ डिग्रीमा  झरेको छ । मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतका अनुसार उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात भएकाे खबर आएकाे छ । 

डोल्पाकाे सदरमुकाम दुनैमा हल्का हिमपात भए पनि उच्च क्षेत्रमा भारी हिमपात भएको छ । मुगुको पुर्वी करान भेगमा पर्ने मुगुम कार्मारोगं गाउँपालिकाका उच्च भेगमा बाक्लो हिमपात भएको स्थानीयले बताएका छन् । 

मगु सदरमुकाम गमगढी बजारमा भारी वर्षा भएको छ । हिमपात हुँदा जिल्लाका छायानाथ रारा नगरपालिका, मुगुमकार्मारोगं गाउँपालिका, सोरु गाउँपालिकाका केही क्षेत्रमा सेताम्ये देखिएका छन् ।  

किसान खुसी
मध्य पुसमा भारी हिमपात हुँदा कृषिबाली सप्रिने भन्दै किसान खुसी भएका छन् । गहुँ, जौँकाे उत्पादन बढ्ने आशा पलाएकाे किसान मणिचन्द्र भामले बताए । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);