कर्णालीमा भारी हिमपात (फाेटाे फिचरसहित) | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

कर्णालीमा भारी हिमपात (फाेटाे फिचरसहित)

मुगु । कर्णाली प्रदेशका हिमाली जिल्लामा भारी हिमपात भएकाे छ । मुगु, जुम्ला, डोल्पा, हुम्लामा भारी हिमपात हुँदा हवाइ र सडक यातायात प्रभावित भएकाे छ ।

मुगुस्थित ताल्चा विमानस्थलमा हवाइ उडान ठप्प भएकाे छ भने कर्णाली राजमार्गका विभिन्न खण्ड अवरुद्ध बनेका छन्। बिहीबारबाट बाक्लाे हिमपात हुँदा विमानस्थलमा हवाइ उडान हुन सकेकाे छैन ।

कर्णालीमा यो  तेस्रो पटक हिमपात भएकाे हाे । यसअघि माघ दोस्रो हप्ता र गत पुसमा पनि हिमपात भएको थियो । माैसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा हिमपात भएकाे हाे । आज पनि हिमपात भइरहेकाे छ ।

मुगुका प्राय: सबै स्थानीय तह लगायत सदरमुकाम गमगढी बजारमा लगायतका क्षेत्रमा हिमपात भएको छ ।  जुम्लाका सबै स्थानीय तहका क्षेत्रमा पनि हिमपात भएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);