काठ ल्याउँदै गरेको ट्याक्टर दुर्घटना | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

काठ ल्याउँदै गरेको ट्याक्टर दुर्घटना

सिमकोट । सिमकोट गाउँपालिका-७ डाँडाफयाबाट काठ ल्याउँदै गरेको ट्याक्टर आज बिहान दुर्घटना भएको छ । लु४त ८२९३ नम्बरको ट्याक्टर दुर्घटना हुँदा सिमकोट गाउँपालिका-७ डाँडाफयाको स्याल बिसाउनी भन्ने स्थानमा भएको प्रहरीले जनाएको छ ।

आइतबार बिहान १० बजेको समयमा सिमकोट गाउँपालिका-७ को चौकाधाराबाट काठ बोकेर ल्याउँदै गरेको अवस्थामा लाक्ना नजिक रहेको स्याल बिसाउनीमा चिप्लिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले बताए ।

उनका अनुसार मानवीय क्ष.त्री भने केही नभएको र ट्याक्टर भने पूर्ण रूपमा क्षति पुगेको बताइएको छ । ट्याक्टर करिब दुई तीन सय मिटर तल पुगेको खबर प्राप्त भएको छ । ट्याक्टर चालकको अवस्था भने सामान्य रहेको प्रहरी स्रोतले जनाएको छ । उक्त ट्याक्टर सिमकोट गाउँपालिका-३ बरगाउँका नुटुप लामाको रहेको बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);