संसद बैठकको रिपोर्टिङ गर्नबाट पत्रकारलाई रोक लगाइएकोप्रति खेद व्यक्त | ईमाउण्टेन समाचार

Our Network

माघ ३० २०८२, शुक्रबार

संसद बैठकको रिपोर्टिङ गर्नबाट पत्रकारलाई रोक लगाइएकोप्रति खेद व्यक्त

काठमाडौं प्रतिनिधिसभाको मंगलबार बसेको बैठकको प्रत्यक्ष रिपोर्टिङ गर्नबाट पत्रकारलाई रोक लगाइएकोप्रति संसदीय मामिला पत्रकार समाज खेद व्यक्त गरेको छ । 

संसदीय मामिला पत्रकार समाजका सचिव जयसिंह महराले विज्ञप्ति जारी गरेर समाचार संकलनमा सहजीकरण गर्नुको साटो संघीय संसद् सचिवालयबाट पटक–पटक रोक लगाइनु दुःखद् रहेको बताएका छन् । 

जारी विज्ञप्ति :

प्रतिनिधिसभाको २०७८ पुस ६ गते मंगलबारको बैठकको प्रत्यक्ष रिपोर्टिङ गर्नबाट पत्रकारहरूलाई रोक लगाइएकोप्रति संसदीय मामिला पत्रकार समाज खेद व्यक्त गर्दछ । समाचार संकलनमा सहजीकरण गर्नुको साँटो संघीय संसद् सचिवालयबाट पटक–पटक रोक लगाइनु दुःखद् हो । संसद् लोकतन्त्रको सर्वाेच्च थलो हो र यहाँ हुने प्रत्येक कुरा पारदर्शी रूपमा जनतामाझ पुग्नुपर्नेमा समाचार संकलनमै रोक लगाउँदा लोकतन्त्रको मूल्यमान्यता र प्रेस स्वतन्त्रतामा आँच आएको छ ।

 उपरोक्त विषयमा संसद् सचिवालयका पदाधिकारीलाई ध्यानाकर्षण गराइएको छ । अबउपरान्त यस्ता घटना नदोहोरियोस् भन्नका लागि संसदीय मामिला पत्रकार समाज सम्बन्धित पक्षलाई गम्भीर ध्यानाकर्षण गराउँदछ ।

सचिव
जयसिंह महरा 
संसदीय मामिला पत्रकार समाज

Leave a Reply