सशक्त र बलियो कांग्रेस निर्माणका लागि सक्रिय रहन्छु : एनपी साउद | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

सशक्त र बलियो कांग्रेस निर्माणका लागि सक्रिय रहन्छु : एनपी साउद

काठमाडौं नेपाली कांग्रेसका नवनिर्वाचित केन्द्रीय सदस्य एनपी साउदले सशक्त र बलियो कांग्रेस निर्माणका लागि सक्रिय रहने बताएका छन् । १४औं महाधिवेशनमा खुलातर्फ सर्वाधिक दोस्रो लोकप्रिय मत पाएर केन्द्रीय सदस्य निर्वाचित साउदले जिल्ला तथा क्षेत्रीय सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधिलगायत आफ्ना शुभेच्छुकलाई धन्यवाद दिँदै सशक्त र बलियो कांग्रेस निर्माणका लागि साथसाथै अघि बढ्ने उल्लेख गरेका छन् ।

‘१४औं महाधिवेशनका क्रममा म प्रति अपार माया देखाउनु भएकोमा कृतज्ञ छु । यहाँहरुको माया, सद्भाव र विश्वासको सदैब सम्मान गर्ने प्रण दोहोर्याउन चाहन्छु,’ साउदले भनेका छन्, ‘सशक्त र बलियो कांग्रेस निर्माणका लागि तपाई हामी सदैब साथै रहने छौं ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);