कांग्रेसको १४औँ महाधिवेशन आजबाट औपचारिक प्रारम्भ, भिजनसहितको नेतृत्व चुन्न सिंहको अपिल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कांग्रेसको १४औँ महाधिवेशन आजबाट औपचारिक प्रारम्भ, भिजनसहितको नेतृत्व चुन्न सिंहको अपिल


काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशन आज शुक्रबारबाट औपचारिक रुपमा सुरु भएको छ । देशभरका विभिन्न जिल्लामा आज वडा अधिवेशन हुँदैछ ।

केन्द्रीय निर्वाचन समितिले १८(२३ भदौसम्म वडा अधिवेशन गर्ने समय दिएको छ । वडा अधिवेशन गराउन केन्द्रीय प्रतिनिधि जिल्ला(जिल्लामा खटिएका छन् ।

आजदेखि वडा अधिवेशन सुरु भएको कांग्रेसको गाउँरनगरपालिका अधिवेशन २७ भदौमा, प्रदेश अधिवेशन १ असोजमा, संघीय निर्वाचन क्षेत्रको अधिवेशन ५ असोजमा, जिल्ला अधिवेशन १० असोजमा, प्रदेश अधिवेशन १०(१२ कात्तिक र केन्द्रीय महाधिवेशन ९(१३ मंसिरमा हुँदैछ ।

कांग्रेस नेता प्रकाशमान सिंहले लोकतान्त्रिक विधि(प्रक्रिया र स्वस्थ प्रतिस्पर्धाबाट वडा अधिवेशनले सक्षम र सबल नेतृत्व चयन गर्न शुभकामना दिएका छन् । ुसंगठनको मेरूदण्ड भनेकै वडा, क्षेत्र र जिल्ला तह हो । वडामा सक्षम र सशक्त नेतृत्व चयन भए त्यसको प्रभाव केन्द्रसम्म पर्छ, उनले भनेका छन् ।

संविधानको रक्षा, संघीयता, समावेशीता, समानुपातिक सहभागिता, युवा प्रतिनिधित्वलाई थप मजबुत बनाउनसक्ने र देशलाई गति दिन सक्ने, समृद्धिको बाटोमा लैजान सक्ने भिजनसहितको नेतृत्व आजको आवश्यकता भएको सिंहको भनाइ छ ।

राष्ट्रिय राजनीतिमा दूरगामी प्रभाव राख्ने कांग्रेस महाधिवेशन हाम्रा लागि एउटा उत्सव पनि हो । काँग्रेस बलियो बन्दा लोकतन्त्र बलियो हुन्छ । कांग्रेसलाई बलियो बनाउने नेतृत्व जन्माउन वडा अधिवेशन सफल हुनुपर्छ,ु उनले भनेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);