चितवनमा ४ हजार ५४२ घर परिवारको पुनः निर्माण सम्झौता | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

 

चितवन, २३ कार्तिक । जिल्लामा रहेका ७ हजार ३ सय ४३ भूकम्प प्रभावित घरमध्ये ४ हजार ५ सय ४२ घरपरिवारको पुनःनिर्माणका लागि सम्झौता सम्पन्न भएको छ।  गुनासो व्यवस्थापनसम्बन्धी आयोजना गरिएको अभिमुखीकरण अन्तक्र्रिया कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समिति चितवनको सचिवालयले दिएको तथ्याङ्कअनुसार २ हजार ७ सय ९२ घरपरिवारको सम्झौता हुन बाँकी रहेको छ।

जिल्लामा रहेका भूकम्प प्रभावितमध्ये कतिपय भूमिहीन भएका कारण सम्झौता गर्न नआएको सचिवालयका प्रमुख राजेन्द्र कार्कीले जानकारी दिए। भूकम्प प्रभावितमध्ये ५ सय९३ जनाले मर्मतका लागि निवेदन दिएको उनले बताए।

जिल्लामा अहिले घर निर्माणको काम सकिएको भन्दै पूरै रकम भुक्तानीका लागि ५०० जनाको निवेदन परेको छ । प्राधिकरणले प्राविधिक पठाउन ढिलाइ गरेसँगै घर निर्माणको काम शुरु गर्न नसकिएको कार्कीले बताए। चालू आवमा ८० प्रतिशत काम सम्पन्न गर्ने लक्ष्यका साथ सचिवालयले काम अगाडि बढाएको भए पनि सम्झौताको काम नसकिनुले समस्या देखिएको छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);