चालक र सहचालकले अब 'ड्रेस' लगाउनुपर्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काठमाडौँ, २३ कार्तिक । राजधानीमा गुड्ने सार्वजनिक सवारी साधनका चालक तथा सह(चालकको अनुशासन कायम राख्न छुट्टै पोषाक दिइने व्यवस्था गरिने भएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीका सार्वजनिक सवारीका चलाक र सहचालकलाई युनिफर्म दिने विषयमा छलफल अघि बढाइएको जनाएको हो।

युनिफर्मको विषयको लागि भएको पहिलो चरणको छलफलमा नै उपत्यकाका झण्डै ५० वटा यातायात समितिले सहमति जनाएको महाशाखाले जनाएको छ।

राजधानी भित्र र बाहिर यात्रुहरु चालक र सहचालकबाट नै र्दुव्यवहार खेप्न परेको कारण अनुशासित बनाउन सो नियम लागु गरेको बताएका छन्। युनीफर्मले उत्तरदायी हुन सिकाउने महाशाखाले धारणा व्यक्त गरेको हो। भीडमा समेत चिनीने हुदाँ युनिफर्म आवश्यक रहेको महाशाखाले जनाएको छ।

उपत्याकामा झण्डै ३२ हजार सार्वजनि सवारी चल्ने गरेका छन् । ट्याक्सीका हकमा पनि युनिर्फमको व्यवस्था गर्न लागिएको महाशाखाले जनाएको छ ।उपत्याकाका निजी विद्यालयका बसका चालक तथा सहचालकलाई पनि छुट्टै पोशाक व्यवस्था गर्न महाशाखाले प्याबसन तथा एन प्याबसनलाई आग्रह गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);