मतदाता अझै अन्योलमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौँ, २३ कार्तिक। पहिलो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचन तीन साता पनि बाँकी छैन । तर कतिपय जिल्लामा अझै मतदाता शिक्षा सञ्चालन नहुँदा मतदाता अन्योलमा परेका छन् ।

रसुवा जिल्लामा मतदाता शिक्षा कार्यक्रम अझै संचालन नहुँदा भोट कसरी हाल्ने भन्नेबारे मतदाता अन्योलमा परेका हुन् ।

यसअघि पनि मतदाता शिक्षा ढिलो संचालन हुँदा खासै प्रभावकारी हुन सकेन । जसका कारण रसुवाका दुर्गम भेगमा बढी मत बदर भयो । यसपटक निर्वाचन कार्यालयले मतदाता शिक्षा संचालन गर्न ढिलाई गरेको छ ।

मतदाताले भने छोटो समयमा मतदाता शिक्षा संचालन हुँदा धेरै कुरा बुझ्न नपाइएको र कर्मचारीले पनि आफूलाई सहज हुने स्थानमा मात्रै भोटिङ सिस्टमबारे सिकाउने गरेको गुनासो गरेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);