सरकारी अनुदानमा १ लाख घर निर्माण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

सरकारी अनुदानमा १ लाख घर निर्माण

punarnirman

काठमाडौं, १५ फागुन । भूकम्प अतिप्रभावित १४ जिल्लामा सरकारी अनुदान लिएर १ लाख घर निर्माण भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार सरकारी अनुदान लिएर १ लाख २ सय ३६ घर निर्माण भएको छ ।

१४ जिल्लामा ६ लाख ६७ हजार ६ सय ६२ घर भूकम्प पीडितले अनुदान पाउने भए पनि अहिलेसम्म अनुदान लिएर १ लाखले मात्र घर बनाएका प्राधिकरणले जानकारी दिएको छ । अनुदान लिएर सबैभन्दा धेरै धादिङ र दोलखामा घर निर्माण भएका छन् । धादिङमा १८ हजार ९ सय ४० घर र दोलखामा १८ हजार १ सय ७ घर बनेका छन् ।

प्राधिकरणका अनुसार अहिले ३ लाख ३२ हजार ३ सय २१ घर निर्माणको चरणमा रहेको छ । १४ जिल्लामा ६ लाख १० हजार लाभग्राहीले अनुदान सम्झौता गरे पनि १ लाखले घर निर्माण गरेका छन् भने ३ लाख ३२ हजारले मात्र घर निर्माण सुरु गरेका छन् । अनुदान सम्झौता गरेका बाँकी लाभग्राहीले भने घर निर्माण सुरु नै गरेका छैनन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना भएको दुई बर्ष दुई महिनामा १४ जिल्लाका ७० प्रतिशतभन्दा बढी लाभग्राही घर निर्माणको प्रक्रियामा रहेको प्राधिकरणको दाबी छ । यही अनुपातमा पुनर्निर्माण अघि बढे आउँदो वर्षायामअघि ६० प्रतिशत घर पुनर्निर्माण भइसक्ने प्राधिकरणको विश्वास छ । आगामी बर्खाअघि करिब ६० प्रतिशत लाभग्राहीलाई छानोमूनि ल्याउने लक्ष्य पुरा हुनेमा प्राधिकरण विश्वस्त रहेको छ ।।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);